रियलमी सी ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

Realme C63 coming in new storage variant

काठमाडौँ — स्मार्टफोन ब्रान्ड रियलमीले बजारमा रियलमी सी ६३ को नयाँ भेरिएन्ट ल्याउन लागेको छ । कम्पनीले ८ जीबी र्‍याम र १२८ जीबी रोम स्टोरेज रहेको रियलमी सी ६३ ल्याउन लागेको हो । यसमा ६.७४ को एचडी प्लस डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा छ ।

साथै ४५ वाटको सुपरभोक चार्जिङ, ५००० एमएएचको ब्याट्री, ७.७४ एमएमको अल्ट्रा–स्लिम बडीलगायत विशेषता छन् । कम्पनीका अनुसार दीर्घकालीन प्रयोगका लागि विशेष रूपमा डिजाइन गरिएको छ । यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ, जसले ४ वर्षसम्म बिनाकुनै रोकावट र ल्याग–फ्री प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

कान्तिपुर

Link copied successfully