काठमाडौँ — एनसेलले प्रिपेड सेवा ‘सधैं अन रिन्युअल प्याक’ सञ्चालनमा ल्याएको छ । एनसेलले आफ्ना ग्राहकलाई सहज र सुलभ दूरसञ्चार सेवा उपलब्ध गराउन उक्त प्याक ल्याएको हो । बारम्बार लिनुपर्ने स–साना प्याकको निर्भरता हटाएर सधैं अन अर्थात् कनेक्टेड रहनु यो सेवाको उद्देश्य हो ।
रिन्युअल प्याकअन्तर्गत एनसेलले बेस्ट रिन्युअल प्याक, अनलिमिटेड प्याक, अन्य भ्वाइस र डेटा रिन्युअल सञ्चालनमा ल्याएको छ । पहिलो बेस्टअन्तर्गत करसहित मासिक ३९९, ४९९ र ५९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
यसका लागि ग्राहकले एनसेल एपमार्फत, एस्ट्रिक्स१२३एस्ट्रिक्स९ह्यास डायल गरेर अथवा एनसेल रिटेलर स्टोरबाट खरिद गर्न सक्नेछन् । यो प्याक ३० दिनमा नवीकरण हुनेछ । अनलिमिटेड रिन्युअल प्याकअन्तर्गत करसहित ७९९, ९९९ र १,४९९ रुपैयाँका प्याक छन् । एनसेलका १९९ देखि ४४९ रुपैयाँसम्मका भ्वाइस प्याक र २९९ रुपैयाँबाट सुरु हुने डेटा प्याक रहेको कम्पनीले जनाएको छ ।
