काठमाडौँ — लामिनार टाइल्सको उत्पादक लुम्बिनी सेरामिक्सले लामिनार फुल–बडीटाइल सेन्टो ल्याएको छ । कम्पनीले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै सेन्टो नामको फुल–बडी टायल संग्रह बजारमा ल्याएको हो ।
सेन्टो टाइल धेरै आवतजावत हुने स्थानमा उपयुक्त हुने कम्पनीका प्रबन्ध निर्देशक आशुतोष खेतानले जानकारी दिए । ‘यो विमानस्थल, सपिङ मल, होटल, अस्पताल, पार्किङ, सडक पेटी र आवास क्षेत्रका लागि उपयुक्त छ,’ उनले भने ।
