'एकादेशमा' पारस खड्का

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

'Ekadeshma' Paras Khadka

काठमाडौँ — एडभर्टाइजिङ एशोसिएसन अफ नेपाल (आन) अन्तर्गतको स्वायत्त संस्था एड क्लब अफ नेपालले ‘एकदेशमाः पारस खड्का’ कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल क्रिकेट टिमका पूर्वकप्तान एवं नेपाल क्रिकेट संघका सचिव खड्काले कार्यक्रममा आफ्नो सुरुवाती संघर्षदेखि आईसीसी टी २० विश्वकपसम्मको नेतृत्व यात्रासम्मको अनेकन रोचक प्रसंगहरु साटे ।

कार्यक्रममा ९० भन्दा बढी विज्ञापन, मिडिया र कर्पोरेट क्षेत्रका विज्ञहरूको उपस्थित थिए । कार्यक्रमले एड क्लब अफ नेपालका एजेन्सीहरू, मार्केटरहरू, मिडिया हाउसहरू, कलाकारहरू, इनफ्लुएन्सरहरू र उद्योगका नेताहरूबीचको सहकार्य प्रवर्द्धन गर्ने विश्वास आयोजकले लिएको छ । 

एड क्लब अफ नेपालका गभर्नर विधान राजभण्डारी र आनका अध्यक्ष सुदीप थापाले अतिथि खड्कालाई सम्मानसमेत गरे ।

कान्तिपुर

Link copied successfully