बजारमा कर्भ ईभी

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

Curve EV on the market

काठमाडौँ — भारतको विद्युतीय सवारी निर्माता टाटा ईभीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले कर्भ ईभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ ।

 हालै राजधानी काठमाडौंमा आयोजित ‘टाटा ईभी : चार्जज्डफर द फ्युचर’ कार्यक्रमबीच सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजिनेस हेड शंख देलवालले कर्भ ईभी सार्वजनिक गरे ।

टाटा ईभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ । सोही अवसरमा कम्पनीले नयाँ गाडी नेक्सन थ्री ईभी र टियागो ईभी २०२५ को मोडल पनि नेपालमा डेलिभरी सुरु भएको घोषणा गरेको छ । कर्भ ईभीमा उन्नत पियोर ईभी आर्किटेक्चर, ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ ।

५०० लिटरको बुट स्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्सले नेपालको अफ रोडमा सजिलै गुड्ने कम्पनीले जनाएको छ । यस एसयूभीमा ७ किलोवाट एसी चार्जर र डीसी फास्ट चार्जिङ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully