काठमाडौँ — बीवाइडी हाई–टेक वीक– २०२५ सुरु भएको छ । होटल एभरेष्टमा आयोजित चार दिने कार्यक्रममा पहिलो दिनमा बीवाईडीका विभिन्न पाँच मोडलका गाडीहरु प्रर्दशनीमा राखिएको छ ।
प्रर्दशनीमा बीवाईडीले प्रयोग गरेका विभिन्न अत्याधुनिक प्रविधिबारे पनि अवलोनकर्ताहरुलाई जानकारी दिइएको थियो । प्रर्दशनीको हाई–टेक इन्टर्याक्टिभ जोनमा बीवाईडी गाडीमा हुने ब्लेड ब्याट्रीदेखि एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) सम्मका नयाँ प्रविधिबारे जानकारी गराईएको थियो ।
प्रर्दशनीमा बीवाईडीका विभिन्न मोडलका गाडीहरुको पर्फमेन्स र डेमोसमेत प्रर्दशन गरिएको थियो । प्रदर्शनीमा ईभी प्रविधि र एआईका बारेमा समेत छलफल सत्र चलाइएको थियो । जसमा साइमेक्स इंक प्रालिका अध्यक्ष यमुना श्रेष्ठले वातावरणमैत्री सवारी साधनको प्रवर्धन गर्न आफूहरु लागिपरेको बताइन् ।
–अभिषेक अधिकारी (प्रशिक्षार्थी)
