काठमाडौँ — ई–सेवाले चाडबाडका अवसरमा ल्याएको ‘ई–सेवा महाउत्सव’ योजनाका विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण गरेको छ । दसैंतिहार र छठको अवसरमा ल्याएको ई–सेवाले उक्त योजना २०८१ को असोजदेखि कात्तिकसम्म सञ्चालन भएको थियो ।
योजनाअनुसार ई–सेवाबाट कुनै एक कारोबार गर्ने एक जना भाग्यशाली विजेताले नामी कार जित्ने अवसर थियो । विजेता बम्जनलाई ई–सेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्य र फाइनान्स प्रमुख सरोजकुमार घिमिरेले कार हस्तान्तरण गरे । योसँगै ई–सेवाको योजनाअनुसार हरेक कारोबारमा गेम खेल्ने प्रयोगकर्तालाई आइफोन १६ जित्ने अवसर र बिजुली, खानेपानीलगायत बिल भुक्तानी गर्नेलाई ६५ इन्चको टीभी जित्ने अवसर रहेको जनाइएको छ ।
