काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले ललितपुरको हरिसिद्धिमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले एक समारोहबीच उक्त शाखा उद्घाटन गरे । यससँगै बैंकका शाखा १९९ पुगेका छन् । काठमाडौं उपत्यकाभित्र ४० र बागमती प्रदेशमा ५६ शाखा सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
नयाँ शाखा सञ्चालनको अवसरमा बैंकले विशेष अफरसमेत ल्याएको छ, जसमा नयाँ खाता खोल्ने ग्राहकले पहिलो वर्षका लागि कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै पहिलो वर्षका लागि निःशुल्क डिम्याट खाता छ ।
यसैगरी लकर सुविधा लिँदा अनिवार्य मौज्दातमा २५ र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट रहेको बैंकले जनाएको छ ।
