फोटोन नेपालको सर्भिस नेटवर्क पार्टनर बैठक सम्पन्न

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

Photon Nepal service network partner meeting completed

काठमाडौँ — चिनियाँ सवारी ब्रान्ड फोटोन मोटरको आधिकारिक वितरक फोटोन नेपालले नेपालका १७ सर्भिस नेटवर्क पार्टनरहरूको बैठक सम्पन्न गरेको छ ।

नेपालमा ट्रक, पिकअप र विद्युतीय सवारी साधनको कारोबार गर्दै आएको फोटोन नेपालले गत वर्षको कार्यसम्पादन मूल्यांकन गर्दै भविष्यमा गर्न सकिने सहकार्यबारे समीक्षा गरेको थियो । 

'अ रिलायबल आफ्टर सेल सर्भिस' नाराका साथ नयाँ सेवा प्रविधि र सेवामा उत्कृष्टता बढाउने विषयमा छलफल भएको थियो । फोटोन नेपालले आफ्ना सबै ग्राहकलाई सम्भव भएसम्मको आफ्टर सेल्स सर्भिस प्राप्त गर्ने सुनिश्चितता समेत व्यक्त गरेको छ ।

कान्तिपुर

Link copied successfully