काठमाडौँ — बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ । फागुन १५ देखि १८ हुने यो कार्यक्रम न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनमा केन्द्रित हुनेछ ।
आयोजक संस्थाले बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुने विश्वास राखेको छ । कार्यक्रममा औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता र प्रविधीमा रुची राख्नेहरुका सहभागी हुने आयोजकले जनाएको छ । कार्यक्रममा हाई–टेक इन्टर्याक्टिभ जोन हुनेछ । जहाँ बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम लगायतको बिषयमा जान्न सकिनेछ । स्मार्ट मोबिलिटीको भविष्य कस्तो हुनेछ भनेर बुझाउन कार्यक्रममा लाइभ डेमो समेत देखाइदैछ ।
आयोजकले बीवाईडी हाई–टेक विक २०२५ का लागि टिकट ई–सेवामा उपलब्ध हुने र विद्यार्थीलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा उपलब्ध हुने जनाएको छ ।
