काठमाडौँ — यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता भएको छ । काठमाडौंमा हालै आयोजित एक समारोहबीच हेल्मेट्स र यामाहाबीच उक्त सम्झौता भएको हो ।
सम्झौताअनुसार यामाहा मोटरसाइकलको सोरुममा हेल्मेट्स नेपालको पनि आउटलेट रहनेछ, जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिज उपलब्ध हुनेछन् । सम्झौतापछि पहिलो चरणअन्तर्गत काठमाडौं र भक्तपुरमा रहेका यामाहाको सोरुममा हेल्मेट्स नेपालको आउटलेट रहनेछन् ।
यसैगरी नक्सालस्थित यामाहाको सोरुममा भने एक्सचेन्जको सुविधा रहने कम्पनीले जनाएको छ । यस सुविधालाई आगामी दिनमा विस्तार गर्दै लाने हेल्मेट्स नेपालका प्रबन्ध निर्देशक सजल जोशीले बताए ।
