पोखरामा दिपलको नयाँ स्टेट–अफ–आर्ट सोरुम

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

Dipal's new state-of-the-art showroom in Pokhara

काठमाडौँ — नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखराको चाउथेमा दिपलको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल ईभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन सोरुम सञ्चालनमा ल्याएको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दीफ चार्टजीले शुक्रबार संयुत्त रुपमा सोरुम उद्घाटन गरे । उक्त अवसरमा एसयुभी दिपल ई०७ को पनि रिजनल लन्च गरिएको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully