एभरेस्ट बैंकका दुई नयाँ शाखा 

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

Two new branches of Everest Bank

काठमाडौँ — एभरेस्ट बैंकले आफ्ना दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले फागुन ८ मा पाँचथरको फिदिम नगरपालिका– १ मा १३०औं र फागुन ९ मा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ मा १३१औं शाखा कार्यालय उद्घाटन गरेको हो ।

 पूर्वी पहाडी जिल्लाका ग्राहकलाई आधुनिक र विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउन उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यी दुई शाखाबाट उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्तरको बैंकिङ सेवा प्राप्त गर्ने बैंकको भनाइ छ । 

कान्तिपुर

Link copied successfully