ललितपुरमा टीभीएसको नयाँ सोरुम

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

TVS new showroom in Lalitpur

ललितपुर — ग्लोबल मोटर्सले ललितपुरको बालकुमारीमा आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । बिहीबार आयोजित एक समारोहबीच जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले सोरुम उद्घाटन गरे ।

सोरुमबाट ग्राहकको मोटरसाइकल र स्कुटरको आवश्यकता पूरा गर्ने उद्देश्य लिइएको कम्पनीले जनाएको छ । यसका अतिरिक्त सोरुमले स्पेयर पार्टस् र सवारीसाधनको मर्मतसम्भारका सेवा प्रदान गर्नेछ । नेपालमा टीभीएस दुईपांग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक जगदम्बमा मोटर्स हो । देशभर टीभीएसको १५० भन्दा बढी डिलर रहेको कम्पनीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully