नेसनल आईसीटी स्कलरसिपको आवेदन खुला 

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

National ICT Scholarship Application Open

काठमाडौँ — कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरसिप–२०८१’ का लागि आवेदन खुलाएको छ । प्राविधिक शिक्षाका लागि सात वर्षदेखि वितरण गरिँदै आएको छात्रवृत्ति कार्यक्रमको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले औपचारिक उद्घाटन गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई डिजिटल युगमा सफलता हासिल गर्न सीप प्रदान गर्दै नेपाललाई विश्वव्यापी सूचना प्रविधि क्षेत्रको अग्रस्थानमा पुर्‍याउन योगदान दिने मन्त्री गुरुङको भनाइ छ । ‘सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न यो छात्रवृत्ति कार्यक्रम प्रभावकारी छ,’ उनले भने, ‘यसलाई स्नातकोत्तर तहसम्म विस्तार गर्न सके अनुसन्धान र उद्योग तयारी क्षमता अझ बलियो हुनेछ ।’

क्यान महासंघले मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेनदार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्ष्य गरी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले जनाइन् । यो कार्यक्रममा यस वर्ष पनि ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिने उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully