जनकपुरमा टीभीएसको नयाँ शोरुम

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

New TVS showroom in Janakpur

काठमाडौँ — टीभीएसले जनकपुरमा नयाँ आधिकारिक डिलरसिप शोरुमको उद्घाटन गरेको छ । कम्पनीले बुधबार एक समारोहबीच उक्त शोरुमको उद्घाटन गरेको हो । आधुनिक सुविधा रहेको उक्त शोरुम आर्यन अटो मोबाइल्सद्वारा सञ्चालित हुने कम्पनीले जनाएको छ ।

यस किसिमको व्यावसायिक विस्तारले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन तथा रोजगारीका अवसर सिर्जना गर्न महत्त्वपूर्ण हुने प्रदेश २ का मुख्यमन्त्री सतीशकुमार सिंहले बताए । साथै टीभीएसले उक्त शोरुममार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न र ग्राहकको आवश्यकता पूरा गर्न प्रतिबद्ध रहने जनाएको छ ।

कान्तिपुर

Link copied successfully