बजारमा हुलास स्टिलको प्रिमियम आल्मुनियम स्काइलिनी 

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

Hulas Steel's Premium Aluminum Skylini in the Market

काठमाडौँ — दिवाकर गोल्छा अर्गनाइजसन अन्तर्गतको हुलास स्टिल इन्डस्ट्रिजले बजारमा प्रिमियम आल्मुनियम स्काइलिन प्रोफाइन बजारमा ल्याएको जनाएको छ । उद्योगले बिहीबार सुरु भएको १०औं बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा उक्त नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

उद्योगले विभिन्न प्रकारका स्टिलजन्य वस्तु उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । हुलासले बजारमा ७ प्रकारका नयाँ स्टिलका उत्पादन ल्याएको हो, जसमा स्काइलिन एच–२५ एमएम स्लाइडिङ विन्डो तथा स्लिम स्लाइडिङ विन्डो, एच–२९ एमएम स्लाइडिङ विन्डो तथा स्लिम स्लाइडिङ विन्डो छन् ।

अन्य नयाँ उत्पादनमा स्काइलिन एच–५० एमएमका केसमेट डुअर र विन्डो, एच–५० एमएमकै टिल्ट र टर्न विन्डो छन् । यी उत्पादन कच्चापदार्थ आल्मुनियमबाट आधुनिक प्रविधिबाट उत्पादन गरिएकाले घर, कार्यालय, होटल, रिसोर्ट र व्यावसायिक तथा औद्योगिक संरचनाका लागि उपयुक्त हुने उद्योगको दाबी छ ।

कान्तिपुर

Link copied successfully