ईभी कार प्रोटन इमास ७ को नेपाल भ्रमण 

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

EV car Proton Emas 7 tour of Nepal

काठमाडौँ — जगदम्बा मोटर्सले विद्युतीय सवारी (ईभी) कार प्रोटन इमास ७ ले नेपाल भ्रमण सुरु भएको जनाएको छ । कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिमा प्रोटोन इमास ७ ले देशका सातै प्रदेशमा गाडीको प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रा गर्ने उल्लेख छ ।

भ्रमणले इमास ७ का नवीन प्रविधि, ड्राइभिङ अनुभव प्रदर्शन र पर्यावरणमैत्री गतिशीलताप्रति कम्पनीको प्रतिबद्धता प्रस्तुत गर्ने जनाइएको छ ।

प्रोटनको यस भ्रमणले ग्राहकसँगको सम्बन्ध बलियो बनाउने र गाडीबारे जानकारी दिन सहज हुने जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु क्षेत्रीले बताए । नेपाली बजारमा प्रोटन आगामी मार्चमा सार्वजनिक हुने र यो दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीको भनाइ छ । 

कान्तिपुर

Link copied successfully