सुरु भयो बिल्डकन एक्स्पो

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

Buildcon Expo has started

काठमाडौँ — काठमाडौंको भृकुटीमण्डपमा बिहीबार दसौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बिहीबार प्रदर्शनीको उद्घाटन गरे । 

फागुन ११ सम्म सञ्चालन हुने प्रदर्शनीमा तीन सयभन्दा बढी कम्पनीका १ सय ५० स्टल रहेको आयोजक मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले जनाएका छन् । साथै ३ सयभन्दा बढी ब्रान्ड प्रदर्शनीमा रहेको पनि बताइएको छ । प्रदर्शनी उद्घाटनका अवसरमा मन्त्री दाहालले मुलुकमा निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।

उद्योगी व्यवसायीका समस्या समाधान गर्न आफूहरू लागिपरेको मन्त्री दाहालको भनाइ छ । प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सबडिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने सोलुसन्सका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए । निर्माण क्षेत्रमा आएका नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्य पनि आफूहरूको रहेको उनको भनाइ छ । चार दिनमा प्रदर्शनीमा ४५ हजारको सहभागिता रहने अनुमान गरिएको उनले जनाए ।

कान्तिपुर

Link copied successfully