काठमाडौँ — एनसेलले ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरि दुई डेटा प्याकहरू सञ्चालनमा ल्याएको छ । यी प्याकहरूले ग्राहकलाई आफ्नो मोबाइल डेटा सधैँ अन राख्न योगदान पुर्याउने कम्पनीको अपेक्षा छ ।
करसहित ९० रुपैयाँ शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत ग्राहकहरूले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको फाइदा लिन सक्ने विज्ञप्तीमा उल्लेख छ । 'यो अफर विषेशत छोटो अवधिको लागि बिनाझन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त विकल्प हो,' विज्ञप्तीमा भनिएको छ ।
ग्राहकहरूले एनसेल एपमार्फत वा *१२३*४*१*४# डायल गरेर ‘९० अनलिमिटेड’ प्याक लिन सक्नेछन् । कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत गीत-संगीतको आनन्द लिन वा सामाजिक सञ्जालमा जोडिन यस प्याकले ४८ घण्टा निर्वाध रूपमा इन्टरनेट सेवा प्रदान गर्ने दाबी गरिएको छ ।
यस्तै, ‘५० डेटा’ प्याक अन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम कर सहित ५० रुपैयाँमा पाउन सक्नेछन् । यो डेटा तीन दिनसम्म मान्य रहन्छ । यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूलाई फाइदा पुर्याउने अपेक्षा गरिएको छ । ग्राहकहरूले एनसेल एपबाट वा *१२३*४*२*१# डायल गरेर यो प्याक खरिद गर्न सक्छन् । यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाइजस्ता प्लाटफर्महरूमा गीत-संगीतको मज्जा लिन उपयुक्त हुने ठानिएको छ ।
