काठमाडौँ — एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका एक्स्काभेटरहरू सार्वजनिक गरेको छ ।
कम्पनीले जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम एक्स्काभेटर सार्वजनिक गरेको हो ।
ललितपुरको झम्सिखेलस्थित द प्लाजामा मंगलबार आयोजित कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, डिलर तथा ग्राहकलगायत ७ सय सरोकारवालाको सहभागिता थियो ।
जेसीबी एक्स्काभेटर खरिद गर्ने ११ ग्राहकलाई साँचो हस्तान्तरण र मेसिनहरूको विशेष प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवाल सहभागी थिए ।
जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यमा प्रभावकारी कार्य गर्ने तथा जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटरले उत्पादकत्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधा दिने कम्पनीको दाबी छ ।
