ब्रान्ड म्याक्स बासले ल्यायो वायरलेस इयर बड्स

फाल्गुन ७, २०८१

कान्तिपुर संवाददाता

Brand Max Bass brings wireless ear buds

काठमाडौँ — बजारमा म्याक्स बासको वायरलेस इयर बड्स आएको छ । नेपाली अडियो ब्रान्ड म्याक्स बासले वायरलेस इयरबड्स बजारमा ल्याएको हो ।

उक्त उत्पादन पहिलो रहेकोसमेत कम्पनीको दाबी छ । यसमा बाहिरको आवाजलाई कम गर्न ४० डीबी एक्टिभ नोइज क्यान्सेलिङ, चार वटा माइक्रोफोन र एआई कल नोइज क्यान्सलिङ फिचर रहेको कम्पनीले जनाएको छ ।

स्पष्ट आवाजका लागि १३ एमएम डायनामिक ड्राइभर पनि छ । उक्त एयर बड्स एक पटक चार्ज गरेपछि ६–७ घण्टासम्म प्रयोग गर्न सकिने र चार्जिङ केसले ४८ घण्टासम्म ब्याट्री ब्याकअप दिने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा यो ३५ सय रहे पनि हाल ग्राहकले अफर मूल्य १ हजार ९ सय ९९ रुपैयाँमा खरिद गर्न सक्छन् । यसमा कम्पनीले ६ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स र म्यानुअल उपलब्ध गराउने जनाइएको छ ।

कान्तिपुर

Link copied successfully