बजारमा बजाज एन २५० मोटरसाइकल

फाल्गुन ७, २०८१

कान्तिपुर संवाददाता

Bajaj N 250 motorcycle in the market

काठमाडौँ — बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपालमा बजाज एन २५० सार्वजनिक गरेको छ ।

कम्पनीले बालुवाटारमा शनिबार बाइक उत्सव स्पिड फेस्ट २०२५ कार्यक्रम आयोजनाका क्रममा एन २५० सार्वजनिक गरेको हो ।

मोटरसाइकलमा पावर, आधुनिक प्रविधि र परिस्कृत डिजाइनको उत्कृष्ट संयोजन छ । बजाज एन २५० मा २४.५ पीएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल–कुल्ड इन्जिनलगायत विशेषता छ ।

यसमा डुअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अपग्रेडेड एग्जस्ट सिस्टम रहेको कम्पनीले जनाएको छ । उक्त फेस्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्‍याली, टेस्ट राइड सेसनलगायत कार्यक्रम थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully