वृद्धाश्रममा अटो सोसियल फ्रेन्ड्सको पहिलो वार्षिकोत्सव ‘सेलिब्रेसन’ 

फाल्गुन ४, २०८१

कान्तिपुर संवाददाता

Auto Social Friends First Anniversary 'Celebration' at Old Age Home

काठमाडौँ — लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सले आफ्नो चार्टर–डे सेलिब्रेसन गरेको छ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले काठमाडौंको गोंगबुस्थित हिमालयन वृद्धाश्रममा रहेका ५५ जना वृद्धवृद्धाहरुलाई भोजन सेवा प्रदान गरी चार्टर–डे मनाएको हो ।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ जे नेपालका चिफ एडभाईजर लायन कुशप्रसाद मल्ली, पिआरओ इन चिफ लायन रामराजा थापा, कम्युनिकेसन चिफ लायन अमरज्योति रञ्जित जिएमटी कोअर्डिनेटर लायन अक्ष कुमार गौतम, डिष्ट्रिक्ट चिफ लायन पुरुषोत्तम बस्नेत, बागमती एरिया सेक्रेटरी लायन सन्तोष घिमिरे, रिजन चियरपर्सन तथा क्लबका चार्टर प्रेसिडेन्ट लायन रोशनकुमार श्रेष्ठ, जोन चियरपर्सन लायन निरन्जन रिसाल लगायतका क्लबका अन्य पदाधिकारी तथा सदस्यहरु लगायत सहयोगी महिला जागरण संस्थाकी अध्यक्ष राधा श्रेष्ठको उपस्थिति रहेको क्लबका प्रेसिडेन्ट लायन बिकल श्रेष्ठले जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully