नेपाली बजारमा अनर एक्स ९सी आउँदै

फाल्गुन ३, २०८१

कान्तिपुर संवाददाता

Honor X9C coming to Nepali market

काठमाडौँ — सेलट्रोन नेपालले बजारमा अनर एक्स ९सी फाइभजी भित्र्याउने भएको छ । अनर एक्स ९सी को सफलतापछि उक्त मोडल ल्याउन लागिएको कम्पनीले जनाएको छ ।

अनर एक्सी ९बीमा ५८०० एमएएचको ब्याट्री, ३६० डिग्री एन्टी ड्रप सुरक्षा र १०८ मेगापिक्सेलको क्यामेराको विशेषता थियो ।

यसमा ६.७८ इन्चको घुमाउरो एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेसरेटरलगायत फिचर थियो । कम्पनीले अब नयाँ थप विशेषतासहितको अनर एक्स ९सी फाइभजी ल्याउन लागेको बताएको छ ।

कान्तिपुर

Link copied successfully