काठमाडौँ — ऊर्जा सवारी निर्माता बीवाईडीले चीनको सेनझेनमा डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाइलट सिस्टम) सार्वजनिक गरेको छ ।
डिपाइलट ६००, डिपाइलट ३०० र डिपाइलट १०० सहितको यो सिस्टमले स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउने कम्पनीको दाबी छ । यो सुविधा आफ्ना सबै मोडलमा अतिरिक्त शुल्कबिना उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यो सुविधा कम्पनीको सबैभन्दा कम मुल्यको मोडल सिगलमा उपलब्ध रहने जनाइएको छ । नयाँ प्रविधिसँगै ग्राहकलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीको भनाइ छ ।
अहिलेसम्म सेन्सर र क्यामेराजस्ता उच्चप्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टम महँगा गाडीहरूमा मात्र उपलब्ध हुन्थ्यो । तर बीवाईडीले यो सुविधा सबै गाडीमा उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वाङ छुवान्फुले बताए ।
