भायनेट महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक

फाल्गुन २, २०८१

कान्तिपुर संवाददाता

Top sponsor of Vinenet Women's Football Championship

काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक बनेको छ । काठमाडौंको दशरथ रंगशालामा फागुन ५ देखि १४ सम्म प्रतियोगिता आयोजना हुनेछ ।

यसका लागि मंगलबार आयोजित एक कार्यक्रमबीच भायनेट र प्रतियोगिताको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिकबीच सम्झौता भएको छ । नेपाली फुटबलको विकासमा योगदान पुर्‍याउन उक्त सहकार्य गरिएको भायनेटले जनाएको छ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारका राष्ट्रिय महिला टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

कान्तिपुर

Link copied successfully