काठमाडौँ — वर्ल्डलिंक कम्युनिकेसनले ‘सेफर इन्टरनेट डे’ मनाएको छ । हरेक वर्ष फेब्रुअरीको दोस्रो मंगलबार विश्वभर सचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ ।
यस अवसरमा वर्ल्डलिंकले पनि काठमाडौंमा इन्टरनेट सुरक्षासम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरेको छ । इन्टरनेटको सदुपयोग सबैतिर सहज भए पनि यसको दुरुपयोगले जोखिम पुर्याइरहेको
भन्दै वर्ल्डलिंकले उक्त कार्यक्रम आयोजना गरेको हो । सुरक्षित इन्टरनेटका लागि कानुनी तथा नीतिगत व्यवस्थामा सरकार लागिपरेको सूचना प्रविधि विभागका महानिर्देशक रमेश पौड्यालले बताए ।
वर्ल्डलिंकले ‘नेपालमा डिजिटल साक्षरता र अनलाइन सुरक्षाको निर्माण ः सुरक्षित इन्टरनेटका लागि समुदायको सशक्तीकरण’ र ‘डिजिटल डिभाइड्स ब्रिजिङ ः नेपालको बढ्दो परिदृश्यमा अनलाइन सुरक्षा र समावेशिता प्रवर्द्धन’ नामक अन्तर्क्रियात्मक कार्यक्रमसमेत आयोजना गरेको थियो ।
