फागुन २ देखि नेपाल एग्रिटेक, फुड एन्ड बेभरेज एक्स्पो 

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

Nepal Agritech, Food and Beverage Expo from February 2

काठमाडौँ — नेपाल एग्रिटेक तथा नेपाल फुड एन्ड बेभरेज इन्टरनेसनल एक्स्पो गरिने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा फागुनको २, ३ र ४ मा सातौं नेपाल एग्रिटेक एक्स्पो हुन लागेको हो ।

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डियाले संयुक्त रूपमा उक्त एक्स्पो आयोजना गर्न लागेका हुन् । प्रदर्शनीमा नेपालका कृषि उद्यमी, व्यवसायी र विदेशी व्यवसायीको स्टल रहने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवर्द्धन गरिरहेको छ । नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ र राष्ट्रिय कृषक समूह महासंघ नेपालले प्रदर्शनीमा सहभागिता जनाएको आयोजकले जनाएको छ । प्रवेश निःशुल्क हुने प्रदर्शनीमा कृषि कर्मलाई सहज बनाउने साना औजार र उपकरण राखिने आयोजकले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully