काठमाडौँ — यती एयरलाइन्सले विवाहको लगनलाई ध्यानमा राख्दै ‘यतीमा जन्ती’ नामक योजना ल्याएको छ । मंगलबार योजना सार्वजनिक गर्दै यतीले विवाहमा सहभागी बेहुला–बेहुलीलाई निःशुल्क टिकट उपलब्ध गराउने बतएको छ ।
यतीको योनजाअनुसार जन्तीले यती एयरमार्फत यात्रा गर्दा बेुहला–बेहुलीले हवाई टिकट निःशुल्क प्राप्त गर्नेछन् । जन्ती जाने प्रत्येक सदस्यलाई ५ केजी थप ब्यागेज सुविधासमेत दिने यतीले जनाएको छ ।
