मर्क्योरमा  ‘भ्यालेन्टाइन्स डे’ अफर

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

'Valentine's Day' offer at Mercure

काठमाडौँ — मर्क्योर काठमाडौं होटलले ‘भ्यालेन्टलाइन्स डे’ को अवसरमा अफर ल्याएको छ । काठमाडौं सुकेधारास्थित मर्क्योरले खाना र बसाइका लागि यस्तो प्याकेज ल्याएको हो । जसमा होटलका अतिथिले दिनभरि चल्ने रेस्टुरेन्ट डाइनमा बफे डिनरको आनन्द लिन सक्नेछन् ।

साथै लाइभ म्युजिकको साथमा पेय पदार्थको अनुभव लिन सकिने होटलले जनाएको छ । ‘अ भ्यालेन्टाइन्स सेलिब्रेसन, डेलिसियस्ली योर्स’ प्याकेज रहेको यसको मूल्य प्रतिजोडी ७ हजार ९९९ रुपैयाँ पर्नेछ ।

यसैगरी शुक्रबार रहेको ‘सेलिब्रेट लभ अबोभ द सिटी लाइट्स’ नामक प्याकेजको प्रतिजोडी १२ हजार ९९९ रुपैयाँ पर्नेछ । यसैगरी भ्यालेन्टाइन रुम प्याकेजमा प्रतिजोडी १७ हजार ९९९ रुपैयाँ रहेको होटलले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully