ओमाडा एन्ड जेइकोले मनायो नेपालमा ८००+ सवारी साधनको उत्सव

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

Omada & Zeico celebrated 800+ vehicles in Nepal

काठमाडौँ — ओमाडा एन्ड जेइको अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालभर सडकमा ८०० भन्दा बढी सवारी साधन सञ्चालनमा ल्याएको बताएको छ ।

 काठमाडौंको उत्तरढोका सोरूममा उत्सव कार्यक्रम गर्दै ओमाडाले यस्तो जनाएको हो । 

कार्यक्रममा प्रतिष्ठित क्रिकेट खेलाडी एवम् ओमाडा एन्ड जेइकोका ब्रान्ड एम्बेसडर, दीपेन्द्र सिंह ऐरीसमेत उपस्थित भएका थिए । ओमाडा एन्ड जेइकोले आफ्नो महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुर्‍याउने सबै ग्राहक, अटोमोटिभ प्रेमीमा आभार प्रकट गरेको छ ।

कान्तिपुर

Link copied successfully