काठमाडौंको पानीपोखरीमा सिटिजन्सको नयाँ शाखा

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

Citizens' new branch at Panipokhari, Kathmandu

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार आयोजित एक समारोहबीच बैंकका सञ्चालक समिति अध्यक्ष प्रबलजंग पाण्डेले उक्त शाखाको उद्घाटन गरे ।

 बैंकले पानीपोखरीमा आफ्नो १९८औं शाखा विस्तार गरेको हो । यो शाखासँगैं काठमाडौं उपत्यकाभित्र बैंकका ३९ शाखा पुगेको जनाइएको छ ।

बैंकले यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सबै रिटेल बैंकिङ सेवा प्रदान गर्ने र साना तथा मझौला व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully