जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ 

माघ २९, २०८१

कान्तिपुर संवाददाता

'Bajaj Mileage Champion' in Janakpur

काठमाडौँ — बजाज नेपालले जनकपुरको बाह्रबिघामा ‘बजाज माइलेज च्याम्पियन’ गरेको छ । बजाजको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न जनकपुरका चार सयभन्दा बढी चालक सोमबार माइलेज च्याम्पियनमा सहभागी भएको कम्पनीले जनाएको छ ।

यसमा १०२ जना प्लाटिना राइडर सहभागी रहेको कम्पनीको भनाइ छ । प्रतियोगितामा ९३.६ किलोमिटर प्रतिलिटर प्रदर्शनी गर्दै मोहनकुमार महतो पहिलो भए ।

यसैगरी ८८.२ किलोमिटर दूरी कायम गर्दै प्रसिद शाह दोस्रो र ८६.४ किलोमिटर पार गर्दै राहुल कुमार शाह तेस्रो भए । ग्राहकलाई बजाज प्लेटिनाको माइलेज र विशेषताबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर सुजन चौधरीले जनाए ।

कान्तिपुर

Link copied successfully