नेपाल लाइफका सेयरधनीलाई १० प्रतिशत बोनस सेयर, ११.०५ प्रतिशत नगद लाभांश

माघ २९, २०८१

कान्तिपुर संवाददाता

10 percent bonus shares, 11.05 percent cash dividend to Nepal Life shareholders

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार वीरगन्जमा सम्पन्न २५ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट उक्त बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५ सय ५४ को १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९ सय ५९ रुपैयाँ लाभांशका रूपमा वितरण गर्ने निर्णय गरेको हो ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी स्वीकृतसमेत गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ 

कान्तिपुर

Link copied successfully