काठमाडौँ — द कोका–कोला फाउन्डेसनको साथमा सहारा नेपाल र बराह क्लाइमेट एजीले ‘स्ट्रेन्दनिङ रिजेनेरेटिभ हर्टिकल्चर एन्ड एग्रोफरेस्टी इन नेपाल’ परियोजना सुरु गरेको छ ।
यसका लागि नेपालको कृषि क्षेत्रलाई मजबुत बनाउने र जलवायु प्रतिरोधात्मक क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम सुरु गरिएको छ ।
आइतबार एक समारोह आयोजना गरी प्रतिनिधिसभा सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको उपस्थितिमा यस कार्यक्रमको औपचारिक सुरुवात गरियो । यस परियोजनाले कृषिसम्बन्धी चुनौतीको समाधान र जमिनको उत्पादकत्वमा वृद्धि गर्दै स्थानीय कृषक समुदायलाई सहयोग पुर्याउने लक्ष्य लिएको कोका–कोलाले जनाएको छ ।
