उत्कृष्ट खेलाडीलाई यामाहाको पुरस्कार 

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Yamaha's award for the best sportsman

काठमाडौँ — महिला टी२०आई त्रिकोणीय क्रिकेट शृंखलाका उत्कृष्ट नेपाली खेलाडीलाई यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले पुरस्कृत गरेको छ । नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच नेपालमा आयोजित महिला टी२०आई त्रिकोणीय क्रिकेट शृंखला २०२५ का अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरिएको यामाहाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पूजा महतोलाई शृंखलामा देखाएको प्रदर्शन, समर्पण र प्रतियोगितामा राखेको प्रभावको कदर गर्दै स्कुटरको साँचो हस्तान्तरण गरिन् ।

‘शृंखलाकी सर्वश्रेष्ठ नेपाली खेलाडीलाई प्रस्तुत गरिएको यामाहा रेजेडआर १२५एफआई हाइब्रिड यसको उत्कृष्ट इन्धन दक्षता, हल्का तौलयुक्त डिजाइन, हाइब्रिड पावर असिस्ट टेक्नोलोजी र उन्नत सुविधाहरूका लागि परिचित छ,’ विज्ञप्तिमा भनिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully