काठमाडौँ — बिक्री, बजार हिस्सा, ग्राहक सन्तुष्टिलगायत उपलब्धिको कदरस्वरूप द एमएडब्लू अर्थमुभर्स प्रालिले दक्षिण एसिया क्षेत्रका लागि ‘डिलर अफ द इयर २०२५’ प्राप्त गरेको छ ।
यस अवार्डले निःसर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धद्वारा निर्मित उत्कृष्ट प्रदर्शनलाई प्रतिबिम्बित गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यो उपलब्धि हासिल गर्न आवश्यक पर्ने निरन्तरको सहयोगका लागि हाम्रा सेवामा विश्वास राख्ने सबै ग्राहक धन्यवादका पात्र हुन्,’ विज्ञप्तिमा भनिएको छ ।
जेसीबी इन्डिया लिमिटेडलाई सफलतातर्फ डोर्याउने कार्यकारी ग्राहम म्याकडोनाल्ड र दीपक सेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरेका थिए ।
