काठमाडौँ — जीवन बिमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई इन्डियन चेम्बर अफ कमर्सले ‘इमर्जिङ इन्स्योरेन्स अवार्ड’बाट सम्मान गरेको छ ।
चेम्बरले थाइल्यान्डको बैंककमा आयोजना गरेको ‘पाँचौं इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२४’ को बेस्ट इन्नोभेसन लिड बाई टेक्नोलोजी एन्ड इन्सर्टेक्स–नेपाल विधामा सूर्यज्योतिलाई अवार्ड दिएको हो ।
कार्यक्रममा भारत, नेपाल, बांगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्यान्डलगायत अन्य देशका इन्स्योरेन्स कम्पनीबाट उच्च पदाधिकारीको उपस्थिति थियो ।
विश्वविख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लूसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स, अन्तर्राष्ट्रिय बिमा विज्ञलगायत थुप्रै प्रतिष्ठित संस्थाबाट स्वतन्त्र मूल्यांकन गरी विभिन्न वित्तीय सूचांकमा उत्कृष्ट कार्यसम्पादनका आधारमा अवार्ड प्रदान गरिएको कम्पनीले जारी गरेको विज्ञपितमा उल्लेख छ ।
उक्त विधाको अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष केशवप्रसाद भट्टराईले ग्रहण गरेका थिए ।
