ज्योति विकास बैंकको सञ्चालकमा रेग्मी 

माघ २५, २०८१

कान्तिपुर संवाददाता

Regmi in Jyoti Bikas Bank

काठमाडौँ — ज्योति विकास बैंकको सञ्चालकमा रेशमराज रेग्मी नियुक्त भएका छन् । यही माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा रेग्मीलाई नियुक्त गरेको हो । 

नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष काम गरिसकेका वरिष्ठ अधिवक्ता रेग्मीको कार्यअनुभव विभिन्न क्षेत्रमा पनि छ । कानुन विषयमा स्नातकोत्तर रेग्मीले नेपाल सरकारका विभिन्न क्षेत्रमा कानुनी सल्लाहकार भएर काम गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

रेग्मीको लामो कार्यअनुभव तथा विषयगत कुशलता र दक्षताले यस बैंकलाई थप सबल तथा सफलताउन्मुख मार्गदर्शन प्रदान गर्ने बैंकको विश्वास छ ।

कान्तिपुर

Link copied successfully