काठमाडौँ — सूर्य नेपालले नेपालमै सनफिस्ट डार्क फेन्टासी मोका फिल्स उत्पादन थालेको छ ।
उच्चकोटिका सामग्रीमा कफी र चकलेटको सम्मिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी मोका फिल्सले कफी पारखीहरूको मन जित्ने कम्पनीको विश्वास छ ।
सूर्य नेपाल प्रालिले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई विस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको नेपालमै उत्पादन तथा बिक्री वितरण आरम्भ गरेको पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सनफिस्ट डार्क फेन्टासी मोका फिल्स अब नेपालभरिका खुद्रा पसल तथा डिपार्टमेन्ट स्टोरमा उपलब्ध रहने कम्पनीले जनाएको छ । ७५ ग्रामको प्याकेटभित्र ६ वटा भिन्नभिन्न पाउच हुने र यसको मूल्य ९० रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।
