ग्लोबल आईएमई र इन्फोडेभलपर्सबीच सफ्टवेयर प्रयोग सम्झौता

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Software Use Agreement between Global IME and InfoDevelopers

काठमाडौँ — ग्लोबल आईएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । 

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्सका स्ट्राटेजी एन्ड इनोभेसन, निर्देशक उमेश रघुवंशीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाका लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो । यस सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ, निरन्तर ट्र्याकिङलगायत सुविधा जडित छ । यो सफ्टवेयर बैंकले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको बताइएको छ ।

कान्तिपुर

Link copied successfully