काठमाडौँ — फोनपे बिल्सले ग्राहकलाई आफ्नो मोबाइल बैंकिङ एपमार्फत बिमा प्रिमियम तिर्न सकिने सुविधा ल्याएको छ ।
यसमा ग्राहकलाई प्रोत्साहित गर्न र सय प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।
यस अभियानअन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बिमा प्रिमियम तिर्दा सय प्रतिशत क्यासब्याक १५ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
यसमा सहभागी हुन ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत फोनपे बिल्सबाट बिमा प्रिमियम तिर्नुपर्छ ।
