ई-कमर्सका लागि गरिमा र महालक्ष्मी एनसीएचएलमा आवद्ध

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Joined Garima and Mahalakshmi NCHL for e-commerce

काठमाडौँ — गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंक कार्डमार्फत हुने ई–कमर्स कारोबारका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसमा आबद्ध भएका छन् । 

यससँगै उनीहरूले थ्रीडी सेक्योर एसीसी सेवा सुरु गरेका हुन् । यससँगै गरिमा विकास बैंक तथा महालक्ष्मी विकास बैंकका कार्ड होल्डरले अनलाइन ई–कमर्स कारोबार गर्न सक्ने जनाइएको छ । 

यो सेवा प्रयोग गर्न बैंकका कार्डहोल्डरले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सुरु गर्नुपर्नेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully