काठमाडौँ — टाटा मोटर्सले नेपाली बजारमा नेक्सन ब्रान्डको नयाँ संस्करण ‘नेक्सन केथ्री ईभी’ बुकिङ खुलाएको छ ।
नेपालस्थित टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक गरेको छ ।
नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको सीयूभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी सुविधासम्पन्न रहेको कम्पनीको दाबी छ । नेक्सन केथ्री.इभीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
सुरुवाती अफरमा ग्राहकलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइने बताइएको छ । सिप्रदी ट्रेडिङ र टाटा मोटर्सबीचको सहकार्यमा पहिलो पटक विद्युतीय गाडी नेक्सन ईभी प्राइम २०२१ मा नेपालमा विक्री–वितरण सुरु गरिएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जनाए ।
