सूर्यज्योति लाइफले बाँड्यो न्यानो लुगा

माघ २२, २०८१

कान्तिपुर संवाददाता

Suryajyoti Life distributed warm clothes

काठमाडौँ — सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मधेश, वाग्मती, गण्डकी र लुम्बिनीका विभिन्न स्कुल र सामाजिक संस्थालाई कम्बल तथा न्यानो कपडा वितरण गरेको छ ।

बाराको कलैयास्थित अमृता अनाथ आश्रम कलैयाका बालबालिकाका लागि २२ ज्याकेट र धनुषाको जनकपुरस्थित नारायण बाबा दलित जनजाति स्कुलका विद्यार्थीका लागि ४६ न्यानो ज्याकेट वितरण गरिएको कम्पनीको भनाइ छ ।

ललितपुरको पाटन सामुदायिक पुनःस्थापना संस्थाको सहकार्यमा अपांगता समस्या भएका बालबालिका तथा युवाका लागि ५० न्यानो ज्याकेट र बागलुङको काठेखोला गाउँपालिका–५, बिहुदहपानीको बालग्राम आधारभूत विद्यालयका विद्यार्थीका लागि ८५ वटा न्यानो ज्याकेट वितरण गरिएको जनाइएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१०, हदौना क्षेत्रका अति विपन्न ५ सय परिवारलाई न्यानो सिरक पनि वितरण गरिएको कम्पनीले बताएको छ ।

कान्तिपुर

Link copied successfully