काठमाडौँ — अन्तर्राष्ट्रिय मोटरस्पोर्ट प्रतिस्पर्धामा नेपाललाई प्रतिनिधित्व गरेका व्यक्तित्वलाई नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) ले सम्मान गरेको छ ।
नासा नेपालका अध्यक्ष दशरथ रिसाल, ई–स्पोर्ट विधाबाट दिप्रश शाक्य, अटो सलालम विधाबाट कृष्णप्रसाद पौडेल, अटो सलालम विधाबाटै प्रज्ञा कँडेल, टोली व्यवस्थापक यदुराज लामिछाने र प्रतिनिधि पत्रकारका रूपमा टीकाराम यात्रीलाई सम्मान गरिएको नासा नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ललितपुरमा आयोजित एक कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
