यामाहाको माइलेज र्‍याली

माघ २१, २०८१

कान्तिपुर संवाददाता

Yamaha Mileage Rally

काठमाडौँ — यामाहाको स्कुटर तथा मोटरसाइकलको आधिकारिक बिक्रेता ब्लू स्क्वाएर, नक्सालले यामाहा रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरको माईलेज च्यालेन्ज र र्‍याली गरेको छ ।

यामाहा शोरुम ब्लू स्क्वाएर, नक्सालबाट सुरु भई दक्षिणकाली भिलेज रिसोर्टमा पुगेर र्‍याली सकिएको कम्पनीले जनाएको छ । स्कुटरले कस्तो पर्फमेन्स दिन्छ र कतिसम्म माइलेज प्रदान गर्छ भन्ने हेतुले उक्त स्थान रोजिएको बताइएको छ ।

रेजेडआर १२५ हाइब्रिड विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकता पूरा गर्न स्ट्यान्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी चार स्ट्रिममा उपलब्ध रहेको यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले जनाए ।

कान्तिपुर

Link copied successfully