टाटाले ल्यायो नेपाली बजारमा ‘नेक्सन केथ्री इभी’, सुरुआती मूल्य ४९ लाख

माघ २१, २०८१

कान्तिपुर संवाददाता

Tata has brought 'Nexon Kethri EV' to the Nepali market, starting price is 49 lakhs

काठमाडौँ — भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सले आफ्नो चर्चित नेक्सन ब्राण्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’को नेपाली बजारमा ल्याएको छ । 

नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक  गर्दै बिक्रीका लागि बुकिङ खुलासमेत गरेको छ । 

कम्पनीका अनुसार यस सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी सुविधाहरुले  सम्पन्न रहेको छ । यसको सुरुआती मूल्य ४८.९९ लाख रुपैयाँ तोकिएको छ । 

यस्तै, सुरुवाती अफरमा ग्राहकहरुलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ । गाडी सार्वजनिक गर्दै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा आएको यो गाडीले नेपाली ग्राहकहरुको रोजाइमा पर्ने बताए । 

टाटा प्यासेन्जर अन्तर्गतको इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवालले नेक्सन केथ्री इभीले नेपाली बजारमा आफ्नो विशिष्ट छवि बनाउने दाबी गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully