काठमाडौँ — प्लस टु अन्तरकलेज सिक्स ए साइड फुटसल प्रतियोगिताको विजेता डीएभी कलेज बनेको छ । माघ १६ देखि सुरु भएको प्रतियोगितामा विजेता बन्दै डीएभीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र जितेको छ ।
प्रतियोगितामा डीएभी कलेजका भारगव सिलवाल उत्कृष्ट खेलाडी, ओमेगा कलेजका रिदम आले मगर उत्कृष्ट गोलरक्षक र ओमेगा कलेजका योगान्त महर्जन उच्च गोलकर्ता बने । उनीहरूलाई नगद १५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ४० टिमको सहभागिता रहेको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
